२००७ अक्टोवर १७ तारिख बुधवार को अपरान्ह हंगकंग स्थित चुनमुन क्याफे समुद्रको वालुवा माथि उभेर हङकङ रहनु हुने पत्रकार कवि लेखक तथा वुद्घीजीवीहरुको वाहुलीवाट सृजनशील साहित्य समाज हङकङद्वारा अर्धबाषिर्क रुपमा प्रकाशित साहित्यिक पत्रिका सृजनशील साहित्य नामक पत्रिकाको सामुहिक र अत्यान्तै नौलो ढंगबाट विमोचन गरीयो । उक्त कार्यक्रमको अध्यक्षता नेपाली प्रतिष्ठान हङकङका सदस्य तथा भयवादका प्रवर्तक उपन्यासकार देश सुब्बाले गर्नुभएको थियो भने प्रमुख अतिथी नेपाली महासंघ हङकङका अध्यक्ष हेजेन राई साथै विशेष अतिथीहरुमा नेपाली प्रतिष्ठान हङकङका अध्यक्ष टंक सम्वाहाम्फे जनजाति महासंघ हङकङका अध्यक्ष भूपेन्द्र चेम्जोङ्ग गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठ हुनुहुन्थ्यो भने अतिथीहरुमा कथाकार प्रदिप कन्दङवा कथाकार प्रकाशकृष्ण वाक्सिला कवि आषीस लिम्वु कथा तथा गीतकार हिमकला राई कवियत्री आशा राई विदिर्ण हुनुहुन्थ्यो । सृजनशील साहित्य समाज हङकङका अध्यक्ष तथा सृजनशील अराजक समुहका सदस्य कवि हांयुग अज्ञात सोहि समाजका सचिव कवि नरेश सुनुवारले कार्यक्रमको व्यवस्थापन गर्नु भएको थियो भने सो कार्यक्रम कवि खेरेश देवेन्द्रले सञ्चालन गर्नु भएको थियो । विमोचन कार्यक्रम पाश्चात विविक्यु स्पटमा वसेर चियापान र मासु खादै त्यहा उपस्थित कवि कवियत्री व्दारा कविता वाचन गरीएको थियो । सृजनशील साहित्य समाज हङकङका अध्यक्ष तथा सृजनशील अराजक समुहका सदस्य कवि हांयुग अज्ञातले आगमी दिनहरुमा पनि निरन्तर अर्धबाषिर्क रुपमा सृजनशील साहित्य पत्रिका प्रकाशन गर्दै लैजाने योजना रहेको कुरा बताउनु भयो । सृजनशील साहित्य पत्रिका तिन खण्डमा विभाजीत गरी प्रकाशित गरीएको छ । पहिलो खण्डमा नेपालका कवि साहित्यकार तथा समालोचकका उत्कृष्ठ रचनाहरु छन् भने दोस्रो खण्ड हङकङमा क्रियाशील रहनु हुने साहित्यकारहरु रचना रहेकाछन् । तेस्रो खण्ड अंग्रेजीमा लेखीएका र अनुवाद गरीएका विभिन्न नेपाली साहित्यकारका रचनाहरु समेटिएकाछन् ।
-----------------------------------------------------------------------------------------------------------
-----------------अतिथीहरु व्दारा विमोचन गरीएको झलक
-----------------------------------------------------------------------------------------------------------
सृजनशील साहित्य पत्रिका विमोचन गर्दै वायावाट क्रमश हङकङका वुध्दिजीवी
पत्रकार गायक र साहित्यकारहरु नरेश सुनुवार,हिमकला राई, आशा राई 'विदिर्ण'
आषीस लिम्वु टंक सम्वाहाम्फे, हेजेन राई, खेरेश देवेन्द्र, देश सुब्बा, भूपेन्द्र चेम्जोङ्ग,
प्रकाशकृष्ण वाक्सिला,हांयुग अज्ञात, प्रदिप कन्दङवा, नागेन्द्र श्रेष्ठ
No comments:
Post a Comment