देवराज राई / हङकङ
आफ्नो भाषा, साहित्य र संस्कृतिको सम्वृद्धिले नेपाली समाज बसाऔँ भन्ने अभियोजना सहित हङकङ नेपलीज फाउण्डेशन्को संयोनमा, हङकङ नेपाली साहित्य परिषद् हङकङको आयोजनामा ९ नोभेम्बर २००७ अर्थात लक्ष्मीपूजाको दिन युनलङ टाउन हल हङकङमा विविध कार्यक्रमहरु सहित देवकोटाजयन्ती २००७ भव्यरुपमा मनाइयो ।

आफ्नो भाषा, साहित्य र संस्कृतिको सम्वृद्धिले नेपाली समाज बसाऔँ भन्ने अभियोजना सहित हङकङ नेपलीज फाउण्डेशन्को संयोनमा, हङकङ नेपाली साहित्य परिषद् हङकङको आयोजनामा ९ नोभेम्बर २००७ अर्थात लक्ष्मीपूजाको दिन युनलङ टाउन हल हङकङमा विविध कार्यक्रमहरु सहित देवकोटाजयन्ती २००७ भव्यरुपमा मनाइयो ।

हङकङका विभिन्न सरकारी तथा गैरसरकारी विद्यालयहरुमा अध्ययनरत नेपाली विधार्थीहरु, शिक्षक, अभिभावकहरुको सहभागितामा सम्पन्न भएको कार्यक्रममा नेपाली विधार्थीहरुले देवकोटाको चर्चित खण्डकाव्य मुनामदनको आंशिक भागहरुलाई श्रृङ्खलावद्ध मञ्चन गरेका थिए । सो नाटकको निर्देशन टिके प्रथामिक विद्यालयका शिक्षक आमोद र्राईले गर्नु भएको थियो । देवकोटाजयन्तीमा पहिलो पटक देवकोटाले अन्य भाषामा लेख्नु भएको जर्मनी, हिन्दी, नेवारी, अंग्रेजी, बंगला भाषाका कविताहरु समेत सम्बन्धित भाषा बोल्ने शिक्षक तथा नेपाली विधार्थीहरुले वाचन गरी देवकोटा प्रति श्रद्धाञ्जलि अर्पण गरिएका थियो ।


कवि, सहित्यकार, संगीतकार, गायक कलाकार, विद्यालयका प्रधानअध्यापक, शिक्षक, पत्रकारहरु तथा विधार्थीहरु र तिनका अभिभावकहरुको उपस्थितिमा अधिकांश विधार्थीहरुले देवकाटाको स्मरणमा देवकाटाप्रति र्समपित आफ्ना सिर्जनाहरु प्रस्तुत गरका थिए । विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको कार्यक्रममा विधार्थीहरुले सामुहिक नृत्यहरु समेत प्रस्तुत गरेका थिए । देवकोटाजयन्ती २००७ लाई एचकेनेपाल डटकमबाट प्रत्यक्ष प्रशारण गरिएको थियो । हङकङ नेपाली साहित्य परिषद्का अध्यक्ष एकराज र्राईले भाषा, साहित्य र संस्कृतिले समाज उठान सन्दर्भमा हङकङ र देवकाटाजयन्ती विषयमा सम्बोधन गरेपछि शुभारम्भ भएको कार्यक्रममा एभरेष्ट साप्ताहिकका सम्पादक 



किसन र्राई, सगरमाथा किण्डरगार्टेनकी प्रिन्सिपल कमला राइले समेत सम्बोधन गर्नु भएको थियो । वरिष्ठ संगीतकार दिनेश सुब्बाले देवकोटा प्रति श्रद्धाञ्जलि अर्पण गर्दै 'कुनमन्दिरमा जान्छौ यात्री' भन्ने गीत प्रस्तुत गर्नु भएको थियो । हङकङ नेपाली गायक कलाकारहरुमा जेष्ठ गायक व्यक्तित्व वीरवहादुर थापाले, कन्दरा व्यण्डका संस्थापक विजय गुरुङ सहयोगमा देवकोटाले रचना गर्नु भएको मुनामदनको एक सानो अंशलाई प्रस्तुत गर्नु भएको थियो । हङकङ नेपाली महासंघका अध्यक्ष तथा कवि नारायण रतञ्छालीले बालबालिकालाई सम्बोधन गरेको एक कविता सुनाउनु भएको थियो । पीके माध्यमिक विद्यालय पीएच केन्द्रीय प्राथमिक विद्यालय, टिके प्राथमिक विद्यालय, उमा प्राथमिक विद्यालय, सर कादुरी प्राथमिक विद्यालय, डेलिया उच्चतर माध्यमिक विद्यालय, सर कादुरी माध्यमिक विद्यालय, सगरमाथा किन्डरगार्टन विधार्थीहरुको विशेष सहभागिता रहेको कार्यक्रममा नेपाली तथा अन्य मुलका विधार्थीहरुले नेपाली नृत्यहरु प्रस्तुत गरेका थिए । अमेरिकन नागरिक तथा शिक्षक केनी याकिनले देवकोटाले लेख्नु भएको अंग्रेजी कविता, पाकिस्तानी विधार्थी मिस सानियाले उर्दू कविता वाचन गरी देवकोटाका सम्मान व्यक्त गर्नु भएको थियो । अन्यभाषाका कविताहरु भने नेपाली विधार्थीहरुले नै प्रस्तुत गरेका थिए । कार्यक्रम बेलुकी ७ बजेदेखि ९ बजेसम्म सम्पन्न भएको थियो । कार्यक्रममा आमोद राइ,बिमल गुरुङ,देवराज राइ,दिपक गुरुङ,प्रमिला पुन, एकराज राइ लगायतका व्यक्तिहरुले आफ्ना सीपहरु खर्चिएका थिए ।
फोटो अम्वु गुरुङ्ग
No comments:
Post a Comment